कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको परीक्षण गर्न र्‍यापिड टेस्टिङ किट प्रयोग गर्ने

सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गर्न र्‍यापिड टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेकाे छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले यी तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार र्‍यापिड टेस्टिङ किटबाट परीक्षण गर्दा पोजेटिभ आएका नतिजालाई फेरि ‘क्रसचेक’का लागि पिसिआर जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइने जानकारी दिनुभयाे ।

सरकारले यस्ताे निर्णय गरेपनि सरकारले गत साता चीनबाट अरू स्वास्थ्य सामग्री ल्याउँदा र्‍यापिड टेस्टिङ किटलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएकाे छैन ।

यस किटले परीक्षणको नतिजा १५ मिनेटमै दिन सक्छ। विज्ञहरूले समेत यस्ता किटले दिने नतिजा धेरै नमिल्ने गरेको भन्दै यसको प्रयोग गर्न निरुत्साहित गरिरहेका छन्। सरकारले भने यो चीन सरकारले प्रमाणित गरेको कम्पनीबाट ल्याइएको जनाएको छ।

नेपालमा यस किटकाे प्राविधिक जाँच हुन नसक्ने बताइएकाे छ । यस किटबाट गरिने परीक्षणमा नतिजा पाेजेटिभ देखिएमा पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा परीक्षण गरिने उल्लेख छ ।

Facebook Comments