बाँकेमा थप ७ जनामा काेराेना संक्रमण

बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएकाे छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ४ मिहला र ३ पुरूष रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको हाे ।

याेसँगै बाँके जिल्लामा मात्रै संक्रमितकाे संख्या २२ पुगेकाे छ । यसअघि एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रदेश नं. ५ काे बाँकेमा संक्रमित भेटिएपछि कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ ।

नेपालमा हालसम्म ८२ जनामा संक्रमण देखिएकाेमा १६ जना निकाे भइसकेका छन् ।

Facebook Comments