विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३६ लाख नाघ्यो

विश्वभर ३६ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३६ लाख ४६ हजार ९९ जनामा देखिएको छ भने २ लाख ५२ हजार ४ सय ७ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार ११ लाख ९७ हजार ७ सय ८ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा १२ लाख १२ हजार ८ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा मात्रै ६९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि स्पेनमा २ लाख ४८ हजार ३ सय १ जनामा संक्रमण देखिएको छ भने २५ हजार ४ सय २८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि इटालीमा धेरै संख्यामा मृत्यु भएको छ ।

इटालीमा २९ हजार ७९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ११ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बेलायतमा १ लाख ९० हजार ५ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६९ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २५ हजार २ सय १ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ६६ हजार १ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

रसियामा १ लाख ४५ हजार २ सय ६९ जनामा संक्रमण देखिएकोमा १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख २७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख ८ हजार ६ सय २० जनामा संक्रमण देखिएको मा ७ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ ।

इरानमा ९८ हजार ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

क्यानडामा ६० हजार ७ सय ७२ जना संक्रमित हुँदा ३ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५० हजार २ सय ६७ जनामा संक्रमण भएकोमा ७ हजार ९ सय २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पेरुमा ४७ हजार ३ सय ७२, भारतमा ४६ हजार ४ सय ३७ र नेदरल्याण्ड्समा ४० हजार ७ सय ७० जना संक्रमित भेटिएका छन् ।

इक्वेडरमा ३१ हजार ८ सय ८१, स्वीजरल्याण्डमा २९ हजार ९ सय ८१, साउदी अरवमा २८ हजार ६ सय ५६, पोर्चुगलमा २५ हजार ५ सय २४, मेक्सिकोमा २४ हजार ९ सय ५, स्वीडेनमा २२ हजार ७ सय २१, आयरल्याण्डमा २१ हजार ७ सय ७२, पाकिस्तानमा २१ हजार ५ सय १, चिलीमा २० हजार ६ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ति मुलुकहरुमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि हजारौं रहेको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

Facebook Comments