कालीगण्डकीमा रहेकाे सबैभन्दा ठूलाे शालिग्राम स्याङ्जा र पर्वतकाे अलग अलग दावी

पर्वत, स्याङ्जा र गुल्मीकाे सीमाक्षेत्र सेतीबेनीमा (कालीगण्डकी नदी किनारमा) रहेकाे विश्वकै ठूलाे मानिएकाे शालिग्राम(ठूलाे शिला)बारे फरक फरक दावी गरिएकाे छ । गण्डकी प्रदेशकाे पर्यटन गुरूयाेजनाबारेकाे छलफलमा पर्वत र स्याङ्जाका सांसदहरूले फरक फरक दावी गरेका हुन् ।

स्याङ्जाका सांसद भागवतप्रकाश मल्ल र दीपक चर्तीमगरले सेतीबेनीमा रहेकाे शालिग्राम स्याङ्जा जिल्लाकाे रहेकाे बताउनुभएकाे हाे ।

त्यस्तै पर्वतकी सांसद ललितकला गुरूङले शालिग्राम र सेतीवेनी पर्वत जिल्लाकाे धार्मिक पर्यटनस्थल रहेकाे दावी गर्नुभयाे ।

Facebook Comments