नेपालमा काेराेना भाइरस(काेभिड -१९)बाट झण्डै ३ हजार संक्रमित

नेपालमा काेराेना भाइरस(काेभिड -१९) बाट २ हजार ९ सय १२ जनामा संक्रमण देखिएकाे छ ।

पछिल्लो २४ घन्टामा २ सय ७८ जना कोरोनाभाइरसका संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३ हजार नजिक पुगेकाे हाे ।

नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शुक्रबार विभिन्न जिल्लामा २ सय ७८ जना संक्रमित थपिएकाे जानकारी दिनुभयाे ।

नेपालमा संक्रमितमध्ये ३ सय ३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ।  

पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्। 

शुक्रबारदेखि विदेशमा अलपत्र नेपालीहरूकाे समेत उद्दार कार्य शुरू गरिएका छन् । जसअन्तर्गत युएइबाट १ सय ५७ र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्केका छन् । उनीहरूलाइ हाेल्डिङ सेन्टरमा राखिएकाे छ ।

Facebook Comments