पोखराको विजयपुर पुलमा आवतजावत रोकेर मर्मत कार्य शुरु

घनश्याम पाण्डेय,पोखरा
पृथ्वीराज मार्ग अन्तरगत पर्ने विजयपुर खोलाको स्टिल व्रिजमा आवत जावत ठप्प पारेर मर्मत कार्य आइतबार देखि शुरु गरिएको छ ।
पृथ्वीराज मार्ग हुदै पोखरा भित्रने मुख्य प्रवेशद्धार रहेको उक्त स्टिल व्रिज सञ्चालनमा आएकोे ११ बर्षमै समस्या देखिएकोे हो । गत बर्ष १० टन भन्दा बढि क्षमताको गाडी गुडन रोक लगाएर मर्मत गरिएको पुलमा वैकल्पीक वेली व्रिज निर्माण पछि अहिले शुन्य भारवहन बनाएर मर्मत शुरुगरिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख सुनिलबावु पन्तले जानकारी दिनु भयो ।

पन्तले पौष मसान्त सम्म सक्नेगरि जलप नेपाल प्रा.लिले जिम्मा पाएको बताउनु भयो । भ्याट सहित १करोड ३९ लाखमा मर्मत कार्य सक्ने जिम्मा पाएको जलप नेपालले दशै अगाडि काम सक्ने डिभिजन प्रमुख पन्तको भनाईछ । कार्यालय प्रमुख पन्तका अनुसार पुल मर्मतमा पुलको ‘बटमकड’ दुवै साइडमा वारदेखि पार सम्म नयाँ राख्ने,क्रस मेम्बर राख्ने बताइएको छ । गत बर्षनै बटमकड ७ ठाउँमा चर्किएको र एउटा ‘क्रस मेम्बर’ भाँच्चिन लागेको थियो । गत बर्ष मर्मत मात्र गरेर सवारी साधन सञ्चालन गर्ने ब्यवस्था मिलाइएको थियो ।

७४.२ मिटर लामो स्टिल ब्रिजबाट लकडाउन अघि दैनिक झण्डै ५हजार भन्दा बढि गाडीहरु आवजावत गर्ने गर्थे ।

गत बर्ष बनेको वेली व्रिजमा ३५ टन क्षमता सम्मको सवारी साधान आवत जावत गर्न सकिने बताइएको र अहिले सोही वेलिव्रिजबाट सवारी सञ्चालनमा आएको जनाइएको छ । गत बर्ष नियमित रुपमा पुलको रंगरोगन गर्ने समयमा पुल चर्किएको देखिएको थियो ।

Facebook Comments