विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३७ लाख नाघ्यो

विश्वभर ३७ लाख बढीमा कोरोना भाइरस(कोभिड १९)को संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमण ३७ लाख २७ हजार ८ सय ९३ जनामा देखिएको छ भने २ लाख ५८ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १२ लाख ४२ हजार ४ सय ७ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये झण्डंै एक तिहाई संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा १२ लाख ३७ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा मात्रै ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि स्पेनमा २ लाख ५० हजार ५ सय ६१ जनामा संक्रमण देखिएको छ भने २५ हजार ६ सय १३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ९ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इटालीमा २९ हजार ३ सय १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख १३ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्समा १ लाख ७० हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २५ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ६७ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

रसियामा १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएकोमा १ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख २९ हजार ४ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ३ हजार ५ सय २० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख १५ हजार ९ सय ५३ जनामा संक्रमण देखिएको मा ७ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ ।

इरानमा ९९ हजार ९ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

क्यानडामा ६२ हजार ४६ जना संक्रमित हुँदा ४ हजार ४३ जनाको मृत्यु भएको छ ।

त्यस्तै पेरुमा ५१ हजार १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण भएकोमा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५० हजार ५ सय ९ जनामा संक्रमण भएकोमा ८ हजार १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments