विश्वभर कोरोना भाइरसबाट ६८ लाख ५० हजार बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६८ लाख ५१ हजार ७ सय २० जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

हालसम्म ३ लाख ९८ हजार २ सय ६० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म ३३ लाख ५१ हजार ४ सय १९ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १९ लाख ६५ हजार ९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख ११ हजार ३ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा झण्डै ६ लाख बढी संक्रमित भेटिएका छन् । ब्राजिलमा ६ लाख ४६ हजार ६ जनामा संक्रमण देखिएको छ भने ३५ हजार ४७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।

बेलायतमा ४० हजार २ सय ६१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ८३ हजार ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

रसियामा ४ लाख ४९ हजार ८ सय ३४ जना संक्रमितमध्ये ५ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ८८ हजार ५८ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय ३४ जनाको मृत्यु भएको छ ।

भारतमा २ लाख ३६ हजार ९ सय ५४ जना संक्रमितमध्ये ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३४ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ ।

पेरुमा १ लाख ८७ हजार ४ सय जना संक्रमित मध्ये ५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ८५ हजार ४ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ७ सय ६३ सय जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ६८ हजार ३ सय ४० जना संक्रमितमध्ये ४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ ।

इरानमा १ लाख ६७ हजार १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ८ हजार १ सय ३४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५३ हजार ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २९ हजार १ सय ११ जनाको मृत्यु भएको छ ।

चिली १ लाख २२ हजार ४ सय ९९ जना संक्रमितमध्ये १ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा १ लाख १० हजार २६ जना संक्रमितमध्ये १३ हजार १ सय ७० जनाको मृत्यु भएको छ ।

साउदी अरवमा ९५ हजार ७ सय ४८ जना संक्रमितमध्ये ६ सय ४२ जनाको मृत्यु भएको छ ।

क्यानडामा ९४ हजार ३ सय ३५ जना संक्रमितमध्ये ७ हजार ७ सय ३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ९३ हजार ९ सय ८३ जना संक्रमितमध्ये १ हजार ९ सय ३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments