दक्षिण एशियाली मुलुकहरुमा ८ हजार बढी संक्रमित
दक्षिण एशियाली मुलुकहरुमा ८ हजार ८ सय ७८ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै भारतमा भारतमा ४ हजार ७ सय ७८ रहेका छन् ।
त्यसपछि पाकिस्तानमा ३ हजार ७ सय ६६, श्रीलंका १ सय ७८, माल्दिभ्समा १९ बंगलादेशमा १ सय २३, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित फेला परेका हुन् ।
कोरोना भाइरसको कारण भारतमा १ सय ३६ जना, पाकिस्तानमा ५३ जना, बंगलादेशमा १२ जना, श्रीलंकामा ५ जनाको मृत्यु भएको छ ।
संक्रमण देखिएका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले प्रकोपको रुप लिइरहेको छ ।
दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाल, भारत, श्रीलंका लगायतका मुलुकमा लकडाउन गरिएको छ ।
पाकिस्तानमा भने मुलुकले धान्न नसक्ने भन्दै प्रधानमन्त्री इमरान खानले लकडाउन नगर्ने भन्दै नागरिकलाई अनुशासित भएर सामाजिक भौतिक दुरी राख्न अपिल गर्नुभएको छ ।
Facebook Comments

