नेकपा सचिवालय बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आज मंगलबार बस्दैछ ।
पार्टी सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको छ ।
नेकपा सचिवालयका सदस्यहरूले काेरोना रोकथाम र यसका सन्दर्भमा भइरहेका गतिविधिबारे छलफलका लागि बैठककाे माग गरिरहेका थिए ।
पार्टी प्रवक्ता श्रेष्ठ, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरूले पनि पार्टी सचिवालय बैठक बोलाउन जरूरी भएको बताएका थिए ।
चीनबाट स्वास्थ्य उपकरण ल्याउँदा भएको अनियमितता भएकाे भन्दै सर्वत्र विराेध भएपछि उक्त सम्झाैता नै रद्द गर्नुपरेकाे लगायतका विषयमा पार्टीमा छलफल गर्नु पर्ने सचिवालय सदस्यकाे माग थियाे ।
सरकारले काेराेना भाइरस राेकथामका लागि आवश्यक स्वास्थ्य सामग्री जिटुजी माेडलमा नेपाली सेना मार्फत् खरिद गर्ने निर्णय गरेकाे छ ।

