विश्वभर कोरोना भाइरसबाट १ करोड १७ लाख बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड १७ लाख ४० हजार १ सय जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ५ लाख ४० हजार ६ सय ७७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म ६६ लाख ४२ हजार ७ सय ७१ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा मात्रै ३० लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा ३० लाख ४० हजार ८ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख ३२ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा १६ लाख २६ हजार ७१ संक्रमित भेटिएका छन् भने ६५ हजार ५ सय ५६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या ७ लाख नाघेको छ । हालसम्म भारतमा ७ लाख २० हजार ३ सय ४६ जना संक्रमितमध्ये २० हजार १ सय ७४ जनाको मृत्यु भएको छ ।
रसियामा ६ लाख ८७ हजार ८ सय ६२ जना संक्रमितमध्ये १० हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।
पेरुमा ३ लाख ५ हजार ७ सय ३ जना संक्रमितमध्ये १० हजार ७ सय ७२ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४४ हजार २ सय ३६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ८५ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ९८ हजार ८ सय ६९ जना संक्रमित भेटिएका छन् भने २८ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।
चिलीमा २ लाख ९८ हजार ५ सय ५७ जना संक्रमितमध्ये ६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा २ लाख ६१ हजार ७ सय ५० जना संक्रमितमध्ये ३१ हजार १ सय १९ जनाको मृत्यु भएका छ ।
इरानमा २ लाख ४३ हजार ५१ जना संक्रमितमध्ये ११ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ४१ हजार ८ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३४ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ३१ हजार ८ सय १८ जना संक्रमितमध्ये ४ हजार ७ सय ६२ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा २ लाख १३ हजार ७ सय १६ जना संक्रमितमध्ये १ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।
टर्कीमा २ लाख ६ हजार ८ सय ४४ जना संक्रमितमध्ये ५ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा २ लाख ५ हजार ७ सय २१ जनामा संक्रमण हुँदा ३ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।
जर्मनी, फ्रान्स, बंगलादेशमा संक्रमितको संख्या १ लाख ५० हजार भन्दा बढी छ भने कोलम्बिया, क्यानडा र कतारमा संक्रमितको संख्या १ लाख नाघेको छ । फ्रान्समा २९ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।
पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

