शैलेश थापा नेपाल प्रहरीकाे महानिरीक्षक (आइजिपी) नियुक्त
नेपाल प्रहरीकाे महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएकाे छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हाे ।
२०४९ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएका थापाले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नुहुनेछ।
थापा प्रहरी संगठनभित्र व्यवसायिक र इमान्दार अधिकृतका रुपमा चिनिननुहुन्छ ।
फिल्डमा भन्दा प्रहरी तालिम केन्द्र र प्रहरी हेडक्वाटरमा लामाे समय बस्नुभएका थापाले कास्की, झापा लगायतका जिल्लामा प्रहरीकाे नेतृत्व गर्नुभएकाे थियाे ।
अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउनुअघि थापा महानिरीक्षक बन्नुभएकाे हाे ।
Facebook Comments

