सरिता गिरीलाई कार्वाही गर्ने समाजवादी पार्टीकाे निर्णय

समाजवादी पार्टीले पार्टी नेतृ सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ ।  

पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठन भएको छानबिन समितिले गिरीलाई सांसद र पार्टी जिम्मेबारीबाट हटाउन सिफारिस गरेको थियाे ।

साेही सिफारिशका अाधारमा पार्टीकाे पदाधिकारी बैठकले गिरीलाई पार्टी र सांसदबाट हटाउने निर्णय गरेकाे हाे ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा गिरीले दर्ता गराएको संशोधन प्रस्ताव पार्टीकाे निर्देशनविपरीत फिर्ता लिन नमानेकाे तथा उक्त संशाेधनका पक्षमा मतदान गर्न पार्टीले लगाएकाे ह्वीप उल्लङ्घन गरेकाले कारबाही गरिएको हो ।

Facebook Comments