चीनमा भन्दा नेपालमा काेराेना संक्रमित धेरै
पछिल्लाे तथ्याकं अनुसार चीनमा भन्दा नेपालमा कोरोना संक्रमितकाे संख्या धेरै पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालले कोरोना भाइरसको उद्गमस्थ मानिएको चीनलाई पनि उछिनेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
पछिल्लाे तथ्याकं अनुसार चीनमा संक्रमितको संख्या ९० हजार ६ सय ५२ र मृत्यु हुनेकाे संख्या ४ हजार ७ सय ३९ रहेको छ ।
त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ६३ जनाको मृत्यु भएको छ । नेपालमा मंगलबार मात्रै ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मन्त्रालयले दिएकाे जानकारी अनुसार कोरोना पुष्टि भएकामध्ये ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।
विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको संक्रमण गत वर्षको डिसेम्बरमा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको थियो ।

