कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख २८ हजार नाघ्यो

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १४ लाख २८ हजार ४ सय २८ जना संक्रमित भएका छन् । सोमबार मात्रै थप ८० हजार बढीमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छ ।

जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा विश्वका कूल संक्रमितको एक चौथाई संक्रमण देखिएको हो ।

अमेरिकामा ३ लाख ९६ हजार २ सय २३ जना जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा १ लाख १० हजार ६५, जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जना र चीनमा ८२ हजार ७ सय १८ जना संक्रमित फेला परेका छन् ।

त्यस्तै इरानमा ६२ हजार ५ सय ८९ जना, बेलायतमा ५५ हजार ९ सय ४९, टर्कीमा ३४ हजार १ सय ९, स्वीजरल्याण्डमा २२ हजार २ सय ५३, बेल्जियममा २२ हजार १ सय ९४, नेदरल्याण्डस्मा १९ हजार ७ सय ९, क्यानडामा १७ हजार ८ सय ७२, ब्राजिलमा १४ हजार ३४, अष्ट्रियामा १२ हजार ६ सय ३९, पोर्चुगलमा १२ हजार ४ सय ४२, दक्षिण कोरियामा १० हजार ३ सय ३१ जना संक्रमित भएका छन् ।

त्यस्तै इजरायल ९ हजार २ सय ४८, स्वीडेनमा ७ हजार ६ सय ९३, रसियामा ७ हजार ४ सय ९७, नर्वेमा ६ हजार ८६, अष्टे«लियामा ५ हजार ८सय ९५, आयरल्याण्ड ५ हजार ७ सय ९, भारतमा ५ हजार ३ सय ११, डेनमार्कमा ५ हजार २ सय ६६, चिलीमा ५ हजार १ सय १६, चेजचिया ५ हजार १७, पोल्याण्डमा ४ हजार ८ सय ४८, रोमानियामा ४ हजार ४ सय १७, पाकिस्तानमा ४ हजार ३५ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

त्यसैगरी मलेसियामा ३ हजार ९ सय ६३, जापानमा ३ हजार ९ सय ६, फिलिपिन्समा ३ हजार ७ सय ६४, इक्वेडरमा ३ हजार ७ सय ४७ जनामा संक्रमण भेटिएको छ ।

कतारा, पानामा, थाइल्याण्ड, फिनल्याण्ड, युनाइटेड अरव इमिरेट्स, मेक्सिको, सर्विया, इन्डोनेसिया, साउदी अरव र लक्जेम्वर्ग लगायतका मुलुकमा संक्रमण हुनेको संख्या २ हजार नाघेको छ । दर्जन बढी मुलुकमा १ हजार भन्दा बढीको संख्यामा संक्रमण भेटिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ ।

यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।

कोरोना भाइरसको कारण हालसम्म विश्वभर ८२ हजार २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ ।

स्पेनमा १४ हजार ४५, अमेरिकामा १२ हजार ८ सय १३, फ्रान्समा १० हजार ३ सय २८, बेलायतमा ६ हजार १ सय ५९, इरानमा ३ हजार ८ सय ७२, चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी जर्मनीमा १ हजार ८ सय १०, बेल्जियममा २ हजार ३५, नेदरल्याण्डस्मा २ हजार १ सय १ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा ८ सय २१ जनाको मृत्यु हुँदा टर्कीमा ७ सय २५, ब्राजिल ६ सय ८६, स्वीडेनमा ५ सय ९१, पोर्चुगल ३ सय ४५, क्यानडा ३ सय ८१, अष्ट्रिया २ सय ४३, आयरल्याण्डमा २ सय १०, डेनमार्क मा २ सय ३ जनाको मृत्यु भएको छ ।

रोमानियामा १ सय ९७, इक्वेडरमा २ सय २०, फिलिपिन्समा १ सय ७७, इन्डोनेसियामा २ सय २१, अल्जेरियामा १ सय ९३ दक्षिण कोरियामा १ सय ९२, भारतमा १ सय ५०, पोल्याण्डमा १ सय २९, मेक्सिकोमा १ सय २५, पेरुमा १ सय ७, जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् । नेपाल सरकारले चैत २५ गतेसम्म कायम रहेको लकडाउनको अवधिलाई बैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।

नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

Facebook Comments