चितवनमा २ चिकित्सकसहित ३० जनालाइ काेराना संक्रमण

चितवनमा एकैदिन ३० जना कोरोना भाइरस(काेभिड-१९)का संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार संक्रमितमध्ये २ चिकित्सक रहेका छन् ।

त्यस्तै संक्रमितमध्ये ५ जना नवलपरासी, १ जना धादिङका र २४ जना चितवनका बासिन्दा रहेका छन् ।

पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् । संक्रमितमध्ये भरतपुर महानगरपालिकाका ११ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया नर्स हुन् । 

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमा भरतपुर वडा नम्बर २८का २ जना पुरुष, भरतपुर २७का १ महिला र एक पुरुष , भरतपुर वडा नम्बर११, १९, २०का एक एक जना पुरुषमाामा कोरोना पुष्टि अस्पतालले जानकारी दिएको छ । यी सवै भारतबाट आएको खुलेका छ । उनिहरु सवै क्वारेन्टाइनमा रहेका छन् । नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् ।

चितवनका संक्रमितमध्ये धेरैजसाे भारतबाट फर्केकाहरू रहेका छन् । केही भने ट्राभल हिष्ट्री नभएकाहरूमा समेत संक्रमण देखिएकाले थप सचेत हुनुपर्ने देखिएकाे छ ।

Facebook Comments