विश्वभर कोरोना भाइरसबाट ७१ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ७१ लाख ३६ हजार ७ सय ४४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

हालसम्म ४ लाख ७ हजार ६८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म ३४ लाख ८१ हजार ८ सय २२ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा मात्रै २० लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा २० लाख १० हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा १ लाख १२ हजार ५ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा भण्डै ७ लाख संक्रमित भेटिएका छन् । ब्राजिलमा ६ लाख ९३ हजार ४ सय १९ जनामा संक्रमण देखिएको छ भने ३७ हजार ३ सय १२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।

बेलायतमा ४० हजार ५ सय ९७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ८७ हजार ३ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

रसियामा ४ लाख ७६ हजार ६ सय ५८ जना संक्रमितमध्ये ५ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ८८ हजार ६ सय ३० जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

भारतमा २ लाख ६२ हजार ६ सय ४६ जना संक्रमितमध्ये ७ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३४ हजार ९ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

पेरुमा १ लाख ९६ हजार ५ सय १५ जना संक्रमित मध्ये ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ८६ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ७ सय ८३ सय जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ७० हजार १ सय ३२ जना संक्रमितमध्ये ४ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ ।

इरानमा १ लाख ७३ हजार ८ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ८ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ५३ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २९ हजार १ सय ५५ जनाको मृत्यु भएको छ ।

चिली १ लाख ३८ हजार ८ सय ४६ जना संक्रमितमध्ये २ हजार २ सय ६४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा १ लाख १७ हजार १ सय ३ जना संक्रमितमध्ये १३ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा १ लाख ५ हजार २ सय ८३ जना संक्रमितमध्ये ७ सय ४६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा १ लाख ३ हजार ६ सय ७१ जना संक्रमितमध्ये २ हजार ६७ जनाको मृत्यु भएको छ ।

क्यानडामा ९५ हजार ६ सय ९९ जना संक्रमितमध्ये ७ हजार ८ सय जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

कतारमा ७० हजार १ सय ५८, बंगलादेशमा ६८ हजार ५ सय ४, बेल्जियमा ५९ हजार ३ सय ४८ जना संक्रमित फेला परेका छन् । बेल्जियममा कोराना संक्रमितमध्ये ९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

बेलारुस, दक्षिण अफ्रिका, नेदरल्याण्डस्, स्वीडेन लगायतका मुलुकमा संक्रमितको संख्या ४५ हजार नाघेको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments