जापानमा विद्यार्थी भिसामा थप कडा गरिने
जापानमा विद्यार्थी भिसामा थप कडा गरिने भएको छ । बैंक व्यालेन्स, नाता प्रमाण तथा शैक्षिक योग्यताको सुक्ष्म छानबिन गरिने जनाएको छ ।
नेपाल सहित अन्य केही देसको भिसा आबेदनमा पनि कडा गरिने भएको छ । जसमा नेपाल, भियतनाम,चाईना,म्यानमार, श्रीलंका, बंगलादेश र मंगोलिया रहेको छ ।
विद्यार्थी भिसामा जापान पुगेर पढ्नुको सट्टा, अत्यधिक काम गर्ने ,फर्जि शरणार्थी आवेदन दिने, भिसा नभई अवैधानिकरुपमा बस्ने लगायतका समस्याहरु बढ्न थालेपछि, विद्यार्थी भिसामा थप कडाई गरिने भएको हो ।
अघिनै अघोषित कडाई गरिसकेको कारण सन २०१९ मा जम्मा २ प्रतिशतको मात्र जापान प्रबेसको अनुमती पाएका थिए ।
जापान सरकारले जनाएको बिशेष विशेष छानबिनमा शैक्षिक योग्यताका प्रमाणपत्र, बैंक व्यालेन्स, नाता प्रमाण आदि फर्जी बनाएर जापान भित्रनेको मात्रा नघटेकोले थप कडाइ गरिएको जनाएको छ । थप कडाइ गरिनुको कारण यस्तो छ ।
१) ओभरस्टे हुने विद्यार्थीहरुको मात्रा बिगतको तुलनामा दोब्बर हुनु ।
क ) कि सन २०१५ मा २ हजार ८ सय जना ।
ख )सन २०१९ ४ हजार ७ सय जना ।
२) तोकिएको समयभन्दा अधिक काम गर्नेहरुको बढ्दो ।
३) विद्यालय विचैमा छाडी भाग्ने हरुको संख्यामा बढ्दै जाने लगायतका कारणले विद्यार्थी भिसा कडाई गर्न लागेको हो ।
४) श्रमिकहरु भिसामा जापान ल्याउने सरकारी योजना ।
नेपाल बाहेक अफ़ग़ानिस्तान,भुटान,ईन्डोनेशिया घाना,केन्या, भारत , पाकिस्तान, फिलिपिन्स लगायतका देशलाई कडाइ गरिने निती जापान सरकारले यस अघिनै सार्वजनिक गरेको जापानी संचारमध्यम जनाएका छन ।

