कोरोना भाइरसबाट संक्रमितको संख्या १५ लाख नाघ्यो, ४८ हजार गम्भीर अवस्थामा उपचार हुँदै

कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । हालसम्म विश्वभर यो भाइरसको संक्रमण १५ लाख १८ हजार ७ सय १९ जनामा देखिएको छ ।

जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा विश्वका कूल संक्रमितको एक चौथाई बढी संक्रमण देखिएको हो ।

अमेरिकामा ४ लाख ३५ हजार १ सय २८ जना जनामा संक्रमण भेटिएको छ । अमेरिकापछि कोरोना भाइरसबाट संक्रमण देखिएको स्पेनमा १ लाख ४८ हजार २ सय २० जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ ।

जर्मनीमा १ लाख १३ हजार २ सय ९६, फ्रान्समा १ लाख १२ हजार ९ सय ५० र चीनमा ८२ हजार ७ सय १८ जना संक्रमित फेला परेका छन् ।

त्यसैगरी इरानमा ६४ हजार ५ सय ८६ जना, बेलायतमा ६० हजार ७ सय ३३, टर्कीमा ३८ हजार २ सय २६, बेल्जियममा २३ हजार ४ सय ३, स्वीजरल्याण्डमा २३ हजार २ सय ८०, नेदरल्याण्डस्मा २० हजार ५ सय ४९, क्यानडामा १९ हजार ४ सय ३८, ब्राजिलमा १६ हजार १ सय ८८, पोर्चुगलमा १३ हजार १ सय ४१, अष्ट्रियामा १२ हजार ९ सय ४२ र दक्षिण कोरियामा १० हजार ४ सय २३ जना संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ ।

यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।

कोरोना भाइरसको कारण हालसम्म विश्वभर ८८ हजार ५ सय २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

स्पेनमा १४ हजार ७ सय ९२, अमेरिकामा १४ हजार ७ सय ९५, फ्रान्समा १० हजार ८ सय ६९, बेलायतमा ७ हजार ९७, इरानमा ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी जर्मनीमा २ हजार ३ सय ४९, बेल्जियममा २ हजार २ सय ४०, नेदरल्याण्डस्मा २ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा ८ सय ९५ जनाको मृत्यु हुँदा टर्कीमा ८ सय १२, ब्राजिल ८ सय २०, स्वीडेनमा ६ सय ८७, पोर्चुगल ३ सय ८०, क्यानडा ४ सय २७, अष्ट्रिया २ सय ७३, आयरल्याण्डमा २ सय ३५, डेनमार्क मा २ सय १८ जनाको मृत्यु भएको छ ।

रोमानियामा २ सय २०, इक्वेडरमा २ सय ४२, फिलिपिन्समा १ सय ८२, इन्डोनेसियामा २ सय २१, अल्जेरियामा २ सय ५ दक्षिण कोरियामा २ सय ४, भारतमा १ सय ७८, पोल्याण्डमा १ सय ५९, मेक्सिकोमा १ सय ७४, पेरुमा १ सय २१ र डोमिकन रिपब्लिकमा १ सय ८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् । नेपाल सरकारले चैत २५ गतेसम्म कायम रहेको लकडाउनको अवधिलाई बैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।

नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

Facebook Comments