दक्षिण एशियाली मुलुकहरुमा काेराेना भाइरसबाट १० हजार बढी संक्रमित

दक्षिण एशियाली मुलुकहरु मध्ये भारतमा सबैभन्दा बढी ५ हजार ९ सय १६ जनामा संक्रमण देखिएको छ ।

त्यसपछि पाकिस्तानमा ४ हजार २ सय ६३, श्रीलंका १ सय ८९, माल्दिभ्समा १९ बंगलादेशमा २ सय १८, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित फेला परेका हुन् ।

कोरोना भाइरसको कारण भारतमा १ सय ७८ जना, पाकिस्तानमा ६१ जना, बंगलादेशमा २० जना, श्रीलंकामा ७ जनाको मृत्यु भएको छ ।

संक्रमण देखिएका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले प्रकोपको रुप लिइरहेको छ ।

दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाल, भारत, श्रीलंका लगायतका मुलुकमा लकडाउन गरिएको छ ।

पाकिस्तानमा भने मुलुकले धान्न नसक्ने भन्दै प्रधानमन्त्री इमरान खानले लकडाउन नगर्ने भन्दै नागरिकलाई अनुशासित भएर सामाजिक भौतिक दुरी राख्न अपिल गर्नुभएको छ ।

Facebook Comments