विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४० लाख बढी संक्रमित
विश्वभर ४० लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४० लाख १४ हजार ५ सय ३ जनामा देखिएको छ भने २ लाख ७६ हजार २ सय ५३ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये झण्डै एक तिहाईले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १३ लाख ८७ हजार २ सय ७४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १३ लाख २२ हजार १ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ७८ हजार ६ सय १६ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ६० हजार १ सय १७ जनामा संक्रमण देखिएको छ भने २६ हजार २ सय ९९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३१ हजार २ सय ४१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ११ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इटालीमा २ लाख १७ हजार १ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३० हजार २ सय १ जनाको मृत्यु भएको छ ।
रसियामा १ लाख ८७ हजार ८ सय ५९ जना संक्रमित मध्ये १ हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७६ हजार ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २६ हजार २ सय ३० जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७० हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १ लाख ४६ हजार ८ सय ९४ जनामा संक्रमण देखिएकोमा १० हजार १७ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ३५ हजार ५ सय ६९ जना संक्रमितमध्ये ३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ४ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ६६ हजार ४ सय ३४ जना संक्रमित हुँदा ४ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ ।
त्यस्तै पेरुमा ६१ हजार ८ सय ४७ जना संक्रमितमध्ये १ हजार ७ सय १४ जनाको मृत्यु भएको छ ।
भारतमा ५९ हजार ७ सय ६५ जना संक्रमितमध्ये १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५२ हजार ११ जनामा संक्रमण भएकोमा ८ हजार ५ सय २१ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

