पोखरामा लकडाउनमा विवाह, मास्क र सेनिटाइजर उपहार

पोखरामा एक अभिभावकले छोरीको विवाहमा मास्क र सेनिटाइजर उपहार दिदै छोरीको विवाहमा खर्च हुने रकम विभिन्न संघसस्थालाई सहयोग गरेका छन् । पोखरा महानगर पालिका वडानं २७ आभास नगर निवासी नेत्रपाणी बास्तोलाले पोखरा ३० खुदी घर भएका बेहुला दिविन भट्टराइका परिवार विच भएको सहमतीमा विवाहमा मास्क र सेनिटाइजर उपहार र विभिन्न संघ सस्थालाई पाँचलाख सहयोग गर्ने दुवैपरिवारको सहमती गरिएको वेहुलीका वुबा नेत्रपाणी बास्तोलाले बताउनु भयो ।

पोखरा २७मै रहेको नमस्ते पार्टी प्यालेसमा गरिएको विवाहमा केटी पक्ष र केटा पक्षका एकाघरका परिवारको मात्र सहभागिता रहेको दुवै परिवारले जनाएका छन् । अनुषा बास्तोला र दिविन भट्टराई वैदीक विधि पुर्वक विवाह वन्धनमा बाधिएका हुन् । । संस्कार र सस्कृतीको संरक्षण गर्दै परम्परागत रुपमा चलिआएको दाईजो प्रथालाई तोड्दै सन्देश मूलक ढंगले छोराको विवाह गराउन पाउदाँ खुशीलागेको बेहुलाका वुबा दीपक भट्टराईले बताउनु भयो ।

कोभिड १९को कारण लकडाउन भइरहेको बेला सरकारले तोकेको सामाजिक दुरी कायम राख्दै स्थानिय सरकारको स्वकृती लिएर उनिहरुविच विवाह सम्पन्न भएको परिवारले जनाएको छ । यस अघि वैशाख १३ गते नै विवाह गर्ने पुर्वनिर्धारित कार्यक्रम तय भए पनि लकडाउन अझै लिम्वीने अवस्था आएपछि लकडाउनकै बेला भएपनि विवाह गर्न आफुहरु तयार भएको बेहुलाका बुबा दिपक भटराईले बताउनु भयो ।

यसैविच विवहाको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक सघ सस्थाहरुलाई पाँच लाख सहयोग गर्ने घोषण गर्दे बेहुलीका बुवा बास्तोलाले नेपाल पत्रकार महासंघ कास्की शाखालाई ५५ हजार पाँच सय ५५ सहयोग गर्नुभएको छ वास्तोलाले रकम महासंघका अध्यक्ष दिेपेन्द्र श्रेष्ठलाई हस्तान्त्रण गर्दै पत्रकारहरुको सुरक्षाका लागि ज्याकेटको ब्यवस्थामा सहयोग गरेको बताउनु भयो ।

कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नव विवाहित जोडीलाई वधाई एवंम सफल दाम्पत्य जिवनको सुभकामना दिदै विवाहमा गरिने फजुल खर्चको कटौती गरेर कम खर्चमा पनि विबाह गर्न सकिने कुराको सिको सवैले गर्नु पर्ने बताउनु भयो ।

Facebook Comments