७२ जिल्लामा काेराेना भाइरस संक्रमित भेटिए

नेपालका ७२ जिल्लामा काेराेना भाइरस(काेभिड-१९)का संक्रमित भेटिएका छन् । मंगलबार इलाममा १ जना संक्रमित भेटिएसँगै ७२ जिल्लामा काेराेना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मंगलबार ३ सय २३ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ हजार ८५ जना पुगेकाे छ । त्यस्तै काेराेना संक्रमणका कारण १५ जनाकाे मृत्यु भएकाे छ ।

हालसम्म ५ सय ८४ जना निकाे भएर घर फर्केका छन् । नेपालबाहिर १ सय २७ जना नेपालीकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

Facebook Comments