कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख १५ हजार नाघ्यो
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १६ लाख १५ हजार ९२ जना संक्रमित भएका छन् ।
जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा विश्वका कूल संक्रमितको एक चौथाई संक्रमण देखिएको हो ।
अमेरिकामा ४ लाख ६६ हजार २ सय ९९ जना जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा १ लाख ५७ हजार २२ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ४३ हजार ६ सय २६ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १ लाख १८ हजार ७ सय ८५, जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जना र चीनमा ८२ हजार ९ सय २४ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै इरानमा ६६ हजार २ सय २० जना, बेलायतमा ६५ हजार ८ सय ७२, टर्कीमा ४२ हजार २ सय ८२, बेल्जियममा २६ हजार ६ सय ६७, स्वीजरल्याण्डमा २४ हजार १ सय ७२, नेदरल्याण्डस्मा २१ हजार ९ सय १०, क्यानडामा २० हजार ७ सय ६५, ब्राजिलमा १८ हजार १ सय ७६, अष्ट्रियामा १३ हजार ३ सय ७७, पोर्चुगलमा १३ हजार ९ सय ५६, रसियामा ११ हजार ९ सय १७, दक्षिण कोरियामा १० हजार ३ सय ३१ र इजरायलमा १० हजार ९५ जना संक्रमित भएका छन् ।
दर्जनौं मुलुकमा हजारौंको संख्यामा नागरिकहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ ।
यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।
कोरोना भाइरसको कारण हालसम्म विश्वभर ९६ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।
स्पेनमा १५ हजार ८ सय ४३, अमेरिकामा १६ हजार ६ सय ९७, फ्रान्समा १२ हजार २ सय १०, बेलायतमा ७ हजार ९ सय ७८, इरानमा ४ हजार १ सय १०, चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ६ सय ७, नेदरल्याण्डस्मा २ हजार २ सय ९६, स्वीजरल्याण्डमा ९ सय ५८ जनाको मृत्यु हुँदा टर्कीमा ९ सय ८, ब्राजिलमा ९ सय ५७, स्वीडेनमा ७ सय ९३, पोर्चुगलमा ४ सय ९, क्यानडामा ५ सय ९, अष्ट्रिया ३ सय १९, आयरल्याण्डमा २ सय ६३, डेनमार्कमा २ सय ३७ जनाको मृत्यु भएको छ ।
रोमानियामा २ सय ५७, इक्वेडरमा २ सय ७२, फिलिपिन्समा २ सय २१, इन्डोनेसियामा ३ सय ६, अल्जेरियामा २ सय ३५, मोरक्को १ सय ५, डोमिनिक रिपब्लिक १ सय १८, पेरुमा १ सय ३८, चेक रिपब्लिकमा १ सय १३, पोल्याण्डमा १ सय ७५, नर्वेमा १ सय ८, दक्षिण कोरियामा २ सय ८, भारतमा २ सय २८, पोल्याण्डमा १ सय २९, मेक्सिकोमा १ सय ९४, पेरुमा १ सय ७, जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् । नेपाल सरकारले चैत २५ गतेसम्म कायम रहेको लकडाउनको अवधिलाई बैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।
नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

