सीमा समस्या समाधानमा भारतले चासाे दिएनः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालसँगकाे सीमा विवाद समाधानका लागि खासै चासाे नदिएकाे बताउनुभएकाे छ ।

प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपलाका तर्फबाट सीमा विवाद समाधानका लागि भएका पत्राचारबारे भारतले गम्भीरताका साथ चासाे नदिएकाे बताउनुभएकाे हाे ।

साथै पश्चिमकाे धार्चुला क्षेत्र लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको पनि मन्त्री ज्ञवाली उल्लेख गर्नुभयाे ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए ।

सांसदहरूले भारतका तर्फबाट नेपाली भूमीमा निर्माण भएकाे सडकबारे उठाएका प्रश्नकाे जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले सडक निर्माण कार्यबारे सरकारलाई थाहा भएकाे बताउनुभयाे ।

उहाँका अनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो ।

सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गरेपनि निष्कर्षमा पुग्न नसकिएकाे उहाँकाे भनाइ रहेकाे छ ।

अहिले भने कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको मन्त्री ज्ञवालीकाे भनाइ छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको बताउनुभयाे ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रालयका तर्फबाट भारतीय भूमीमै सडक बनेकाे दावी रहेपनि काेराेना महामारीपछि वार्ता गर्न सकिने उल्लेख रहेकाे पनि बैठकमा जानकारी गराउनुभएकाे थियाे ।

नेपाली भूमिको रक्षाका लागि सिंगो देश एकतावद्ध रहेको भन्दै उनले यसमा कसैले पनि संवैदनशीलता ल्याउने र राजनीतिकरण गर्न नहुने उहाँकाे भनाइ रहेकाे छ ।

Facebook Comments