विश्वभर कोरोना भाइरसबाट ७३ लाख बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ७३ लाख ६३ हजार ५ सय ३ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ४ लाख १४ हजार ५ सय ८८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म ३६ लाख ३४ हजार ३ सय २ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा मात्रै २० लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा २० लाख ४९ हजार १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख १४ हजार २ सय ७३ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ७ लाख ४२ हजार ८४ संक्रमित भेटिएका छन् भने ३८ हजार ४ सय ९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ४० हजार ८ सय ८३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ८९ हजार १ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
रसियामा ४ लाख ९३ हजार ६ सय ५७ जना संक्रमितमध्ये ६ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८९ हजार ४६ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
भारतमा २ लाख ८० हजार ६७ जना संक्रमितमध्ये ७ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३५ हजार ५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३४ हजार ४३ जनाको मृत्यु भएको छ ।
पेरुमा २ लाख ३ हजार ७ सय ३६ जना संक्रमित मध्ये ५ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ८६ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ८ सय ३१ सय जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ७७ हजार ९ सय ३८ जना संक्रमितमध्ये ८ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ७२ हजार १ सय १४ जना संक्रमितमध्ये ४ हजार ७ सय २९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५४ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २९ हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।
चिली १ लाख ४२ हजार ७ सय ५९ जना संक्रमितमध्ये २ हजार २ सय ८३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा १ लाख २४ हजार ३ सय १ जना संक्रमितमध्ये १४ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा १ लाख १३ हजार ७ सय २ जना संक्रमितमध्ये २ सय २ सय ५५ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा १ लाख १२ हजार २ सय ८८ संक्रमितमध्ये ८ सय १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय भारत र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

