कोरोना भाइरस संक्रमण बढ्दो, संक्रमितको संख्या १७ लाख नजिक
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित भएका छन् ।
वल्र्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ५ लाख नाघेको छ । अमेरिकामा ५ लाख २ हजार ४९ जना संक्रमित भएका छन् ।
त्यस्तै स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १ लाख २४ हजार ८ सय ६९, जर्मनीमा १ लाख २२ हजार १ सय ७१ जना र चीनमा ८२ हजार ९ सय २४ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै इरानमा ६८ हजार १ सय ९२ जना, बेलायतमा ७३ हजार ७ सय ५८, टर्कीमा ४२ हजार २९, बेल्जियममा २६ हजार ६ सय ६७, स्वीजरल्याण्डमा २४ हजार ५ सय ५१, नेदरल्याण्डस्मा २३ हजार ९७, क्यानडामा २२ हजार १ सय ४८, ब्राजिलमा १९ हजार ७ सय ८९, अष्ट्रियामा १३ हजार ५ सय ६०, पोर्चुगलमा १५ हजार ९ सय १७, रसियामा ११ हजार ९ सय १७, दक्षिण कोरियामा १० हजार ४ सय ५० र इजरायलमा १० हजार ४ सय ८ जना संक्रमित भएका छन् ।
स्वीडेनमा ९ हजार ६ सय ८५, आयरल्याण्डमा ८ हजार ८९, भारतमा ७ हजार ६ सय, इक्वेडरमा ७ हजार १ सय ६१, चिलीमा ६ हजार ५ सय १, नर्वेमा ६ हजार ३ सय १४, अष्टेलियामा ६ हजार २ सय ३८, पोल्याण्डमा ५ हजार ९ सय ५५, पेरुमा ५ हजार ८ सय ९७, डेनमार्कमा ५ हजार ८ सय १९, चेक रिपब्लिकमा ५ हजार ७ सय ३२, जापनमा ५ हजार ५ सय ३० र रोमानियमा ५ हजार ४ सय ६७ जनामा संक्रमण देखिएको छ ।
दर्जनौं मुलुकमा हजारौंको संख्यामा नागरिकहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ ।
यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।
मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
कोरोना भाइरसको कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।
हालसम्म १ लाख २ हजार ६ सय ८७ जनाको मृत्यु भएको हो । शुक्रबार मात्रै ७ हजार ३ जनाको मृत्यु भएको हो ।
यस भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै इटालीमा १८ हजार ८ सय ४९, अमेरिकामा १८ हजार ७ सय १९, स्पेनमा १६ हजार ८१, फ्रान्समा १३ हजार १ सय ९७, बेलायतमा ८ हजार ९ सय ५८ जनाको मृत्यु भएको हो ।
अमेरिकामा १६ हजार ६ सय ९७, फ्रान्समा १२ हजार २ सय १०, बेलायतमा ७ हजार ९ सय ७८, इरानमा ४ हजार १ सय १०, चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी इरानमा ४ हजार २ सय ३२, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, नेदरल्याण्डस्मा २ हजार ५ सय ११, स्वीजरल्याण्डमा १ हजार २ जनाको मृत्यु हुँदा टर्कीमा १ हजार ६, ब्राजिलमा १ हजार ६८, स्वीडेनमा ८ सय ७०, पोर्चुगलमा ४ सय ९, क्यानडामा ५ सय ६९, अष्ट्रिया ३ सय १९, आयरल्याण्डमा २ सय ६३, डेनमार्कमा २ सय ४७ जनाको मृत्यु भएको छ ।
रोमानियामा २ सय ७०, इन्डोनेसियामा ३ सय ६, इक्वेडरमा २ सय ७२, फिलिपिन्समा २ सय २१, अल्जेरियामा २ सय ५६, मोरक्को १ सय ७, डोमिनिक रिपब्लिक १ सय २६, पेरुमा १ सय ३८, चेक रिपब्लिकमा १ सय १९, पोल्याण्डमा १ सय ८१, नर्वेमा १ सय १३, दक्षिण कोरियामा २ सय ८, भारतमा २ सय ४९, पोल्याण्डमा १ सय २९, मेक्सिकोमा १ सय ९४, इजिप्टमा १ सय २५ र मोरक्कोमा १ सय ७ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् । नेपाल सरकारले चैत २५ गतेसम्म कायम रहेको लकडाउनको अवधिलाई बैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।
नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

