दक्षिण एशियाली मुलुकहरुमध्ये भारत र पाकिस्तानमा संक्रमण बढ्दो

दक्षिण एशियाली मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।
सबैभन्दा धेरै भारतमा ७ हजार ६ सय जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

पाकिस्तानमा ४ हजार ६ सय ९५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ६६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

श्रीलंकामा १ सय ९०, माल्दिभ्समा १९ बंगलादेशमा ४ सय २४, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित फेला परेका हुन् ।

कोरोना भाइरसको कारण भारतमा २ सय ४९ जना, पाकिस्तानमा ६६ जना, बंगलादेशमा २७ जना, श्रीलंकामा ७ जनाको मृत्यु भएको छ ।

संक्रमण देखिएका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले प्रकोपको रुप लिइरहेको छ ।

दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाल, भारत, श्रीलंका लगायतका मुलुकमा लकडाउन गरिएको छ ।

पाकिस्तानमा भने मुलुकले धान्न नसक्ने भन्दै प्रधानमन्त्री इमरान खानले लकडाउन नगर्ने भन्दै नागरिकलाई अनुशासित भएर सामाजिक भौतिक दुरी राख्न अपिल गर्नुभएको छ ।

Facebook Comments