नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या १ सय २० पुग्याे

नेपालमा १ सय २० जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण पुष्टी भएकाे छ ।

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या १ सय २० पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।  संक्रमित सबै पुरूष रहेका र उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका हुन् ।

संक्रमण देखिएका सबैकाे स्वास्थ्य अवस्था सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । नेपालमा ३२ जना संक्रमित उपचारपछि निकाे भएर घर फर्केका छन् भने बाँकी ८८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

Facebook Comments