विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४२ लाख बढी संक्रमित
विश्वभर ४२ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४२ लाख १८ हजार ४ सय ३५ जनामा देखिएको छ भने २ लाख ८४ हजार ७ सय ७२ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १५ लाख ६ हजार ७ सय ४३ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १३ लाख ६७ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ८० हजार ७ सय ८७ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ६४ हजार ३ सय ६३ जनामा संक्रमण देखिएको छ भने २६ हजार ६ सय २१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३१ हजार ८ सय ५५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख १९ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इटालीमा २ लाख १९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३० हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।
रसियामा २ लाख ९ हजार ६ सय ८८ जना संक्रमित मध्ये १ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७६ हजार ९ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २६ हजार ३ सय ८० जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १ लाख ६२ हजार ६ सय ९९ जनामा संक्रमण देखिएकोमा ११ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ३८ हजार ६ सय ५७ जना संक्रमितमध्ये ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ७ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ६ सय ४० जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ६८ हजार ८ सय ४८ जना संक्रमित हुँदा ४ हजार ८ सय ७० जनाको मृत्यु भएको छ ।
त्यस्तै पेरुमा ६७ हजार ३ सय ७ जना संक्रमितमध्ये १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।
भारतमा ६७ हजार १ सय ६१ जना संक्रमितमध्ये २ हजार २ सय १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५३ हजार ८१ जनामा संक्रमण भएकोमा ८ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डमा ४२ हजार ६ सय २७ संक्रमितमध्ये ५ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ३९ हजार ४८, मेक्सिकोमा ३५ हजार २२, पाकिस्तानमा ३० हजार ९ सय ४१, स्वीजरल्याण्डमा ३० हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ती सबै मुलुकहरुमा गरी ६ हजार बढीको मृत्यु भएको छ । इक्वेडर, चिली, पोर्चुगल र स्वीडेनमा संक्रमितको संख्या हरेक मुलुकमा २५ हजार नाघेको छ ।
त्यसै गरी सिंगापुर, आयरल्याण्ड, बेलारुस र कतारमा संक्रमितको संख्या २० हजार नाघेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

