गण्डकी प्रदेशको स्थानिय तहका जनप्रतिनिधिको सेवा सुविधा कस्को कति ।
गण्डकी प्रदेश सरकारले स्थानिय तहका प्रतिनिधिहरुलाई दिने भनी प्रस्ताव गरेको सेवा सुविधा विधेयक पारित भए संगै यस जनप्रतिनिधिको अधिकतम सेवासुविधा निम्न अनुसार हुनेभएको छ ।
जिल्ला समन्वय समिति
जिल्ला समन्वय समितिका प्रमुखले ६१हजार, उपप्रमुखले ४८ हजार र समितिका सदस्यले २५ हजार मासिक सुविधा पाउने । यस अघि उनिहरुले क्रमश ३९ हजार ५ सय, ३१ र १५ हजार पाउथे । यसैगरि पारित विधेयक अनुसार चार्डपर्व सुविधा वापत क्रमश ३२ हजार, २८हजार र २५ हजार वाषर््िाक रुपमा पाउने भएका छन् ।प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले १८००, उपप्रमुखले १६०० र सदस्यले १५०० सगै विदेश भ्रमण गर्दा क्रमश १५०डलर, १३५डलर र १२० अमेरिकी डलर दैनिक पाउनेभएका छन् ।
महानगरपालिका
महानगर प्रमुखले ६६हजार, उपप्रमुखले ६०हजार, वडा अध्यक्षले ३०हजार, कार्यपालिका सदस्यले २७हजार र वडा सदस्यले १६ हजार मासिक सुविधा पाउने भएका छन । यस अघि प्रमुखले ४६ हजार, उपप्रमुखले ३९ हजार ५ सय, वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले २४ हजार र सदस्यले १२ हजार ५ सय पाउथे । चार्डपर्व सुविधा वापत अब उनिहरुले ३५, ३५, ३०, २५ र २० हजार वार्षिक पाउने भएका छन् ।प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले २ हजार, उपप्रमुखले १ हजार ८ सय अन्यले १ हजार ६ सय पाउनेछन् । विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १५०डलर, १३५डलर, १२५डलर , १२५ डलर र १२० अमेरिकी डलर पाउने।
नगरपालिका
नगरपालिका प्रमुखले ५२ हजार ५ सय, उपप्रमुखले ४७हजार, वडा अध्यक्षले २६हजार, कार्यपालिका सदस्यले २२हजार र वडा सदस्यले १३ हजार ५ सय मासिक सुविधा पाउने । यस अघि उनिहरुले क्रमश ३७ हजार, ३१ हजार ५ सय, २१ हजार, २० हजार र १२ हजार ५ सय पाउथे । चार्डपर्व सुविधा वापत प्रमुखले ३०हजार, उपप्रमुखले ३०हजार , वडाध्यक्षले२५हजार, कार्यपािलका सदस्यले २०हजार र सदस्यले १८ हजार वार्षिक पाउने छन् ।प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता प्रमुखले १ हजार ८ सय, उपप्रमुखले १ हजार ६ सय अन्यले १ हजार ५ सय पाउनेछन् । विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १४०, १३५, १२५, १२५ र १२० अमेरिकी डलर पाउने भएका छन् ।
गाँउपालिका
गाँउपालिकाका अध्यक्षले ४८हजार, उपाध्यक्षले ४३हजार , वडाध्यक्षले २३ हजार, कार्यपालिका सदस्यले १९ हजार ५ सय र वडा सदस्यले १२ हजार मासिक पाउने छन । यस अघि उनिहरुले क्रमश ३३, २७, १९, १८ ९ हजार मासिक पाउथे । नयाँ विधेयक अनुसार चार्डपर्व सुविधा वापत उनिहरुले क्रमश २५, २५, २०, र १८ र १५ हजार वार्षिक पाउने छन् ।प्रति बैठक सवैले १ हजार, दैनिक भ्रमण भत्ता अध्यक्षले १ हजार ८ सय, उपाध्यक्षले १ हजार ६ सय अन्यले १ हजार ५ सय पाउनेछन् । विदेश भ्रमण गर्दा उनिहरुले दैनिक क्रमश १३५, १३०, १२५, १२५ र १२० अमेरिकी डलर पाउने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवहादुर चुमानले ‘गाँउसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सेवा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमत रुपमा पारित भएको र स्थानीय जनप्रतिनिधिको अधिकतम सेवा सुविधा यहि विधेयक अनुसार हुनेछ भने कुनै स्थानीय तह नगरपालिका वा गाउँपालिकाले सेवा सुविधा कम लिन चाहे भने पाउने बताउनु भयो ।

