काेराेना संक्रमितकाे संख्या १६ हजार ७ सय १९ पुग्याे
नेपालमा १६ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देखिएकाे छ । पछिल्लाे २४ घण्टाकाे अवधिमा थप ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ३८ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।
Facebook Comments

