विश्वभर कोरोना भाइरसबाट २ करोड बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड बढीमा संक्रमण पुष्टी भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ३ लाख १७ हजार १ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
हालसम्म ७ लाख ४० हजार २ सय ९१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म १ करोड ३२ लाख ४० हाजर ८ सय ३६ जनासंक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
हाल विश्वभर ६३ लाख ३६ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ ।
अमेरिकामा मात्रै एक चौथाई बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको एक चौथाई बढी अर्थात् ५२ लाख ५४ हजार ५ सय ६१ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ६६ हजार २ सय ९५ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ३० लाख ५७ हजार ४ सय ७० संक्रमित भेटिएका छन् भने १ लाख १ हजार ८ सय ५७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या २२ लाख ९४ हजार ४ सय ३८ पुगेको छ । संक्रमितमध्ये ४५ हजार ५ सय ९७ जनाको मृत्यु भएको छ ।
रसियामा ८ लाख ९७ हजार ५ सय ९९ जना संक्रमितमध्ये १५ हजार १ सय ३१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ५ लाख ६३ हजार ५ सय ९८ सय जना संक्रमितमध्ये १० हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ४ लाख ८५ हजार ८ सय ३६ जना संक्रमितमध्ये ५३ हजार ३ जनाको मृत्यु भएका छ ।
पेरुमा ४ लाख ८३ हजार १ सय ३३ जना संक्रमितमध्ये २१ हजार २ सय ७६ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ३ लाख ९७ हजार ६ सय २३ जना संक्रमितमध्ये १३ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।
चिलीमा ३ लाख ७५ हजार ४४ जना संक्रमितमध्ये १० हजार १ सय ३९ जनाको मृत्यु भएको छ ।
स्पेनमा ३ लाख ७० हजार ६० जना संक्रमित भेटिएका छन् भने २८ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४६ हजार ५ सय २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३ लाख ११ हजार ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इरानमा ३ लाख ३१ हजार १ सय ८९ जना संक्रमितमध्ये १८ हजार ८ सय जनाको मृत्यु भएको छ ।
साउदी अरब, पाकिस्तान, बंगलादेश, अर्जेन्टिना, इटाली, टर्की, जर्मनी, फ्रान्समा हरेक मुलुकमा २ लाख नाघेको छ ।
पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।

