नयाँ दिल्ली विधान सभामा आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ विजयी
भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले प्रचण्ड बहुमत प्राप्त गरेकाे छ ।
मङ्गलबार सम्पन्न मतगणनामा आम आदमी पार्टी (आप) ६२ सीटमा विजयी भएको छ भने भाजपाले जम्मा ८ सिट जितेकाे छ ।
त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ। प्रतिशतका आधारमा आम आदमी पार्टी (आप) ले ८८.५७ प्रतिशत सीट ल्याएको छ भने भाजपाले ११.४३ प्रतिशत सीट जितेको छ।
केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले भने कुनै पनि स्थान सुरक्षित गर्न सकेन।
अघिल्लाेपटक पनि आम आदमी पार्टी (आप) ले ६७ सिट जितेर ५ बर्ष दिल्लीमा सरकार चलाएकाे थियाे ।
Facebook Comments

