कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै(पछिल्लाे अपडेट)
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १७ लाख नाघेको छ । यो भाइरसको संक्रमणबाट विश्वभर १७ लाख ७९ हजार ८ सय ४२ जना संक्रमित भएका छन् ।
वल्र्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ५ लाख नाघेको छ । अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जना संक्रमित भएका छन् ।
त्यस्तै स्पेनमा १ लाख ६३ हजार २७, इटालीमा १ लाख ५२ हजार २ सय ७१, फ्रान्समा १ लाख २९ हजार ६ सय ५४, जर्मनीमा १ लाख २५ हजार ४ सय ५२ जना संक्रमित भएका छन् ।
त्यसैगरी चीनमा ८२ हजार ९ सय २४ जना, बेलायतमा ७८ हजा ९ सय ९१, इरानमा ७० हजार २९, टर्कीमा ५२ हजार १ सय ६७, बेल्जियममा २८ हजार १८, स्वीजरल्याण्डमा २५ हजार १ सय ७, नेदरल्याण्डस्मा २४ हजार ४ सय १३, क्यानडामा २३ हजार ३ सय १८, ब्राजिलमा २० हजार ९ सय ६२, अष्ट्रियामा १३ हजार ८ सय ६, पोर्चुगलमा १५ हजार ९ सय ८७, रसियामा १३ हजार ५ सय ८४, दक्षिण कोरियामा १० हजार ४ सय ८० र इजरायलमा १० हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।

स्वीडेनमा १० हजार १ सय ५१, आयरल्याण्डमा ८ हजार ९ सय २८, भारतमा ८ हजार ४ सय ४६, इक्वेडरमा ७ हजार २ सय ५७, चिलीमा ६ हजार ९ सय २७, पेरुमा ६ हजार ८ सय ४८, चिलीमा ६ हजार ९ सय २७, जापनमा ६ हजार ७ सय ४८, नर्वेमा ६ हजार ४सय ९, पोल्याण्डमा ६ हजार ३ सय ५६, अष्टेलियामा ६ हजार ३ सय ३, डेनमार्कमा ५ हजार ९ सय ९६, रोमानियमा ५ हजार ९ सय ९०, चेक रिपब्लिकमा ५ हजार ९ सय २, पाकिस्तानमा ५ हजार ११ जनामा संक्रमण देखिएको छ ।
मलेसिया, फिलिफिन्स, साउदी अरवमा संक्रमितको संख्या ४ हजार नाघेको छ ।
त्यस्तै मेक्सिको, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, सर्विया, लेम्जेम्वर्ग र पानमामा संक्रमितको संख्या ३ हजार नाघेको छ ।
अन्य दर्जनौ मुलुकहरुमा पनि संक्रमित हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ ।
यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।
मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
कोरोना भाइरसको कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।
हालसम्म १ लाख ८ हजार ७ सय ७९ जनाको मृत्यु भएको हो । शुक्रबार मात्रै ७ हजार ३ जनाको मृत्यु भएको हो ।
यस भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा २० हजार ५ सय ७७, इटालीमा १९ हजार ४ सय ६८, स्पेनमा १६ हजार ६ सय ६, फ्रान्समा १३ हजार ८ सय ३२, बेलायतमा ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको हो ।
त्यसैगरी इरानमा ४ हजार ३ सय ५७, चीनमा ३ हजार ३ सय ३९ जनाको मृत्यु भएको हो । बेल्जियममा ३ हजार ३ सय ४६, जर्मनीमा २ हजार ८ सय ७१, नेदरल्याण्डस्मा २ हजार ६ सय ४३, स्वीजरल्याण्डमा १ हजार ३६ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ हजार १ सय १, ब्राजिलमा १ हजार १ सय ४०, स्वीडेनमा ८ सय ८७, पोर्चुगलमा ४ सय ७०, क्यानडामा ६ सय ५३, अष्ट्रिया ३ सय ३७, आयरल्याण्डमा ३ सय २० र डेनमार्कमा २ सय ६० जनाको मृत्यु भएको छ ।
त्यसैगरी रोमानियामा २ सय ९१, इन्डोनेसियामा ३ सय २७, इक्वेडरमा ३ सय १५, फिलिपिन्समा २ सय ४७, अल्जेरियामा २ सय ७५, मोरक्कोमा १ सय ११, डोमिनिक रिपब्लिक १ सय ३५, पेरुमा १ सय ८१, चेक रिपब्लिकमा १ सय २९, पोल्याण्डमा २ सय ८, नर्वेमा १ सय १३, दक्षिण कोरियामा २ सय २१, भारतमा २ सय ८८, पोल्याण्डमा २ सय ८, मेक्सिकोमा २ सय ३३, इजिप्टमा १ सय ४६ र मोरक्कोमा १ सय ११ र जापनमा १ सय ८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् । नेपाल सरकारले चैत २५ गतेसम्म कायम रहेको लकडाउनको अवधिलाई बैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।
नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

