नेपालमा १२ जनामा काेराेना संक्रमण देखियाे

नेपालमा १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । वीरगञ्जमा ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पाइएपछि संक्रमितकाे संख्या १२ पुगेकाे हाे ।

स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार वीरगञ्जका ३ जनामा ३ चरणकाे परीक्षणमा काेराेना भाइरसकाे नतिजा पाेजेटिभ देखिएकाे हाे ।

शुरूमा हेटाैंडामा स्वाब परीक्षण गर्दा पाेजेटिभ देखिएपछि काठमाडौंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ चरणमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएकाे सचिव काेइरालाले जानकारी दिनुभयो ।

वीरगञ्जकाे छपकैयामा रहेकाे मस्जिदमा बसेका थिए । भारतकाे नयाँ दिल्लीका र उत्तर प्रदेशका उनीहरू नमाज पढ्ने पढाउने काम गर्ने गरेकाे बताइएकाे छ ।

दुवै जनाकाे कन्टयाक्ट ट्रेसिङ भइरहेकाे बताइएकाे छ ।

यसअघि काठमाडौंमा २, बाग्लुङमा २ र धनगढीमा ४ जना कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत छन् । अर्का एकजना भने निको भएर फर्किसकेका छन् ।

उपचार गराइरहेका सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

Facebook Comments