विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४२ लाख बढी संक्रमित
विश्वभर ४२ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४२ लाख ५६ हजार ५ सय ३९ जनामा देखिएको छ भने २ लाख ८७ हजार ३ सय ५३ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १५ लाख २७ हजार ७ सय ५८ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १३ लाख ८५ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ८१ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ६८ हजार १ सय ४३ जनामा संक्रमण देखिएको छ भने २६ हजार ७ सय ४४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३२ हजार ६५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख २३ हजार ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इटालीमा २ लाख १९ हजार ८ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३० हजार ७ सय ३९ जनाको मृत्यु भएको छ ।
रसियामा २ लाख २१ हजार ३ सय ४४ जना संक्रमित मध्ये २ हजार ९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७७ हजार ४ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २६ हजार ६ सय ४३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७२ हजार ५ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ७ हजार ६ सय ६१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १ लाख ६९ हजार ५ सय ९४ जनामा संक्रमण देखिएकोमा ११ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ३९ हजार ७ सय ७१ जना संक्रमितमध्ये ३ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ९ हजार २ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
भारतमा ७० हजार ८ सय २७ जना संक्रमितमध्ये २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ ।
क्यानडामा ६९ हजार ९ सय ८१ जना संक्रमित हुँदा ४ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।
त्यस्तै पेरुमा ६८ हजार ८ सय २२ जना संक्रमितमध्ये १ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५३ हजार ४ सय ४९ जनामा संक्रमण भएकोमा ८ हजार ७ सय ७ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

