नेपालमा एकैदिन ५७ जनामा काेराेना भाइरसकाे संक्रमण

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेका छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ । यसअघि हिजाे साेमबार मात्र ३४ जनामा संक्रमण फेला परेकाे थियाे । नेपालका संक्रमितमध्ये ३१ जना भने निकाे भएर घर फर्केका छन् ।

Facebook Comments