काेराेना संक्रमितकाे संख्या ५ हजार नाघ्याे
नेपालमा काेराेना भाइरस(काेभिड १९)काे संक्रमितकाे संख्या ५ हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा शुक्रबारसम्ममा ५ हजार ६२ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।
संक्रमितमध्ये १६ जनाकाे मृत्यु भएकाे छ भने ८ सय ७७ जना निकाे भएर घर फर्केका छन् ।
नेपालमा हालसम्म पिसिअार टेष्ट १ लाख २१ हजार ८ सय ६२ जनाकाे गरिएकाे छ ।
संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्राे चरणकाे याेजना अनुसार काेभिड १९ राेकथाम तथा नियन्त्रणकाे प्रयास थाल्ने जनाएकाे छ ।
अब नीजि अस्पतालमा समेत संक्रमितकाे उपचार हुनेछ भने लक्षण नदेखिएका सक्रमितहरूलाइ घरमा नै सेल्फ क्वारेन्टाइनमा राख्ने तयारी सरकारकाे रहेकाे छ ।
Facebook Comments

