प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ ।

अघिल्लाे बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा रहनुभएका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट सरकारी निवास बालुवाटार फर्कनुभएकाे छ ।

१२ दिन अस्पताल बसाइपछि डिस्चार्ज हुँदा प्रधानमन्त्री ओली त्यहाँ उपस्थित भएका पत्रकारहरूलाई कुनै प्रतिक्रिया नदिइ निवासतर्फ लाग्नुभएकाे थियाे ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार भएकाे छ र केही समय अाराम गर्नुपर्ने हुन्छ ।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राख्नका विशेष कक्ष बनाइएको छ। मिर्गाैला प्रत्याराेपण गरेकाले संक्रमण हुन सक्ने भएकाले प्रधानमन्त्री ओलीलाई केही समय छुट्टै अाइसाेलेसन कक्षमा राख्न लागिएको हाे ।

प्रधानमन्त्रीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिनुभएकाे हाे । संग्रौला पनि अस्पतालबाट डिस्चार्ज भइसक्नुभएकाे छ ।

चिकित्सकहरूका अनुसार सामान्य मानिस सरह नियमित कामकाजका लागि प्रधानमन्त्रीलाइ कम्तीमा ६ महिनाकाे समय लाग्नेछ ।

Facebook Comments