प्रधानमन्त्री ओलीद्वारा उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गर्नुभएको छ ।
आफू मिर्गौला प्रत्यारोपणका लागि १२ दिनसम्म अस्पताल बसेको आज निवास फर्केको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिदैं प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको हो ।
उहाँले मिर्गौलाको सफल प्रत्यारोपण गराउने चिकित्सकहरुलाई विशेष आभार प्रकट गर्नुभएको हो ।
Facebook Comments

