काेराेना भाइरस विरूद्ध राष्ट्रिय एकता कायम गराैंः उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएकाे छ ।
नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले सबै नेपालीमा काेराेना भाइरसविरूद्धकाे संघर्षमा एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
उहाँले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने अपेक्षा व्यक्त गर्दै सामूहिक प्रयासले मात्र काेराेना भाइरस विरूद्धकाे संघर्ष सफल हुने बताउनुभएकाे छ ।
कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भएकाले आमजनताको पूर्ण साथ र सहयोग हुनुपर्नेमा उपराष्ट्रपति पुनले जाेड दिनुभएकाे छ ।
Facebook Comments

