विश्वभर १८ लाख ५३ हजारमा कोरोना भाइरसकाे संक्रमण(पछिल्लाे अपडेट सहित)
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्लो तथ्याकं अनुसार सबैभन्दा धेरै अमेरिकामा सबै भन्दा बढी ५ लाख ६० हजार
४ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २२ हजार १ सय १५ जनाको यो भाइरसका कारण मृत्यु भएको छ ।
अमेरिकापछि स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण् १७ हजार २ सय ९ जनाको मृत्यु हुन पुगेको छ ।
इटालीमा १ लाख ५६ हजार ३ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना संक्रमित भेटिएका छन् भने १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा १ लाख २७ जहार ८ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ भने ३ हजार २२ जनाको मृत्यु भएको छ ।
बेलायतमा ८४ हजार २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ भने १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ३ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ ।
इरानमा ७१ हजार ६ सय ८६, टर्कीमा ५६ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार १ सय ९८ जनाको मृत्यु भएको छ ।
बेल्जियममा २९ हजार ६४७ जनामा संक्रमण देखिएकोमा ३ हजार ६ सय जनाको मृत्यु भएको छ । त्यस्तै नेदरल्याण्डस्मा २५ हजार ५ सय ८७ मा संक्रमण देखिएकोमा २ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २५ हजार ४ सय १५ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । क्यानाडामा २४ हजार ३ सय ८३ जनामा संक्रमण भएको छ भने ब्राजिलमा २२ हजार ३ सय १८, पोर्चुगलमा १६ हजार ५ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
रसियामा १५ हजार ७ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अष्ट्रि«यामा १३ हजार ९ सय ४५, इजरायलमा ११ हजार १ सय ४५, दक्षिण कोरियामा १० हजार ५ सय ३७, स्वीडेनमा १० हजार ४ सय ८३ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस भाइरसको संक्रमणका कारण स्वीजरल्याण्डमा १ हजार १ सय ६, ब्राजिलमा १ हजार २ सय ३०, क्यानडामा ७ सय १७, पोर्चुगलमा ५ सय ४, रसियामा १ सय ३०, अष्टियामा ३ सय ५०, इजरायलमा १ सय ३, दक्षिण कोरियामा २ सय १७, स्वीडेनमा ८ सय ९९, आयरल्याण्डमा ३ सय ३४, भारतमा ३ सय ३१, फिलिपिन्समा २ सय ९७, इन्डोनेसियामा ३ सय ७३, पेरुमा १ सय ९३, रोमानियमा ३ सय १६, डेनमार्कमा २ सय ७३, चेक रिपब्लिकमा १ सय ३८, इक्वेडरमा ३ सय ३३, जापनमा १ सय २३, पोल्याण्डमा २ सय ३२, नर्वेमा १ सय २८, मेक्सिकोमा २ सय ९६, डोमिनिकन रिपब्लिकमा १ सय ७३, कोलम्बियामा १ सय ९, इजिप्टमा १ सय ५९, अल्जेरियमा २ सय ९३ र मोरक्कोमा १ सय १८ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

