नेपालमा १४ जनामा कोरोना संक्रमण

नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया बिफ्रिङका क्रममा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिइएको हो ।

कोरोना संक्रमण पुष्टी हुनेमा धनगढीकी ६५ वर्षीय एक महिला र रौतहटका १९ वर्षीय युवक रहेको बताइएको छ ।

संक्रमित महिला वीरगञ्जबाट धनगढी पुगेको र क्वारेन्टाइनमा बसेको बताइएको छ । त्यस्तै रौतहटका युवक भने लकडाउनका बेला छिमेकी मुलुक भारतबाट आएको बताइएको छ । ती युवालाई पनि नेपाल प्रवेश लगत्तै क्वारेन्टाइनमा राखिएको थियो ।

ले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

योसँगै नेपालको बाग्लुङमा २ जना, वीरगञ्जमा भारतबाट आएका ३ जना र धनगढीमा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका १४ जनामध्ये १३ जनाको उपचार जारी रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । चीनबाट फर्केका एक युवकलाई भने कोरोना संक्रमण निको भएको थियो ।

नेपालमा हालसम्म ५ हजार १ सय ८४ जनामा कोरोना परीक्षण गरिएको छ ।

Facebook Comments