देशभरका १ सय ११ अस्पतालमा कोरोनाकाे उपचार हुने

सरकारले देशभरका २५ वटा हब अस्पताल सहित १ सय ११ वटा अस्पताल कोरोना उपचारका लागि तोकेको छ ।

जस अनुसार प्रदेश नं. १ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताल, प्रदेश नं. २ मा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, जनकपुर अस्पताल र नारायणी अस्पतालमा कोरोनाको उपचार हुनेछ ।

बाग्मती प्रदेशमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, निजामती सेवा अस्पताल, पाटन अस्पताल, वीरेन्द्र अस्पताल, धुलिखेल अस्पताल, भक्तपुर अस्पताल र भरतपुर अस्पताल रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा धौलागिरी अस्पतला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् भने प्रदेश नं. ५ मा भेरी अस्पताल, लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रदेश अस्पताल रहेका छन् ।
कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेतमा कोरोनाको उपचार हुनेछ भने सुदुरपश्चिम प्रदेशमा डडेल्धुरा, महाकाली र सेती अस्पताललाई कोरोना उपचारका लागि तोकिएको छ ।

सरकारले जारी गरेको कोभिड १९ महामारीका सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि जारी निर्देशिकाका माथि उल्लेखित अस्पतालहरुलाई हबका रुपमा तोकिएको हो ।

कोरोना पोजेटिभ देखिएमा उपचार गर्नका लागि भने बेग्लै व्यवस्था गरिएको छ । निर्देशिकाको अनुसूचि २ मा उल्लेखित अस्पतालहरुमा कोरोना पोजेटिभ देखिएका विरामीको उपचार हुने बताइएको छ ।

देशभरका विभिन्न १ सय ११ स्वास्थ्य संस्थाहरुमा कोरोना भाइरस(कोभिड–१९)को उपचारको व्यवस्था मिलाइएको निर्देशिकामा उल्लेख छ ।

Facebook Comments