नेपालमा थप २४ जनामा काेराेना संक्रमण
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार नै दुई जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या दुई सय ४३ पुगेको छ ।
बुधबार संक्रमण फेला परेकामा कपिलबस्तु, रूपन्देही, पर्सा र नवलपरासीका रहेका छन् । जसमा २० जना पुरूष र ४ जना महिला रहेका छन् । संक्रमित ४ र १० वर्षीय बालिका सहित २२ देखि ४२ वर्ष उमेरका रहेका छन् ।
बुधबार मात्र २६ जनामा संक्रमण पुष्टी भएकाे हाे । यसअघि मंगलबार ८४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे थियाे ।
नेपालमा संक्रमितमा लक्षण नदेखिएकाे र स्वास्थ्य अवस्था पनि सामन्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
Facebook Comments

