नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो
नेपालमा आइतबारसम्म ५ हजार ३ सय ३५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको हो ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ भने ९ सय १३ जना निको भइ घर फर्केका छन् ।
कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
Facebook Comments

