विश्वभर १९ लाख बढीमा कोरोना भाइरस संक्रमण
विश्वलाई नै हायलकायल बनाएको कोरोना भाइरसको संक्रमण १९ लाख बढीमा देखिएको छ ।
पछिल्लो तथ्याकं अनुसार १९ लाख २४ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा ५ लाख ८६ हजार ९ सय ४१ जनामा यो भाइरसको संक्रमण देखा परेको छ भने २३ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि स्पेनमा १ लाख ७० हजार ९९ जनामा संक्रमण देखिएको छ भने १७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ५ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्सका १ लाख ३६ हजार ७ सय ७९ मा संक्रमण देखिएकोमा १४ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ३० हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या ८८ हजार ६ सय २१ रहेकामा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २९ पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ३ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ ।
इरानमा ७३ हजार ३ सय ३ जना, टर्कीमा ६१ हजार ३९ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार २ सय ९६ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ३० हजार ५ सय ८९ जनामा संक्रमण देखिएकोमा ३ हजार ९ सय ३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा २६ हजार ५ सय ५१ मा संक्रमण देखिएकोमा २ हजार ८ सय २३ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २५ हजार ६ सय ८८ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार १ सय ३८ जनाको मृत्यु भएको छ ।
क्यानाडामा २५ हजार ६ सय ८० जनामा संक्रमण हुनुका साथै ७ सय ८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
ब्राजिलमा २३ हजार ७ सय २३ जनामा संक्रमण भएको छ भने १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा १६ हजार ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ५ सय ३५ जनाको मृत्यु भएको छ ।
रसियामा १८ हजार ३ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हालसम्म १ सय ४८ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १४ हजार ४१ जनामा संक्रमण देखिएकोमा ३ सय ६८ जनाको मृत्यु भएको छ ।
इजरायलमा ११ हजार ५ सय ८६ जनामा संक्रमण देखिनुका साथै १ सय १६ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा १० हजार ५ सय ६४ जनामा संक्रमण देखिंदा मृत्यु हुनेको संख्या २ सय २२ रहेको छ ।
स्वीडेनमा १० हजार ९ सय ४८ जनामा संक्रमण देखिनुका साथै ९ सय १९ जनाको मृत्यु भएको छ ।
त्यसै गरी आयरल्याण्डमा १० हजार ६ सय ४७ जनामा संक्रमण देखिँदा ३ सय ६५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा १० हजार ४ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ३ सय ५८ जनाले भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
पेरुमा ९ हजार ७ सय ८४, जापनमा ७ हजार ६ सय १८, इक्वेडरमा ७ हजार ५ सय १९, चिलीमा ५ हजार ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै पोल्याण्ड, रोमानिया, नर्वे, अष्टे«लिया, डेनमार्क, चेक रिपब्लिक लगायतका मुलुकमा संक्रमितको संख्या ६ हजार नाघेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

