भारतमा लकडाउन मे ३ सम्म कायम रहने

भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन ३ हप्ताकाे लागि बढाएकाे छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गर्नुभएकाे हाे ।

यसअघि तीन हप्ते लकडाउन भाेली बुधबार (१५ अप्रिल) सम्मका लागि घाेषणा गरिएकाे थियाे । प्रधानमन्त्री नरेन्द्र माेदीले टेलिभिजन सम्बोधन गर्दै सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मार्चसम्म बढाउने निर्णयमा पुगेको जानकारी गराउनुभएकाे हाे ।

‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ सम्बाेधननमा माेदीले भन्नुभयाे, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।’

सामाजिक दुरी र लकडाउनले निकै काेराेना भाइरस संक्रमण न्यून गर्न सहयाेग मिलेको उहाँकाे ठहर रहेकाे छ ।

लकडाउनले आर्थिक रूपमा ठूलाे क्षति भएपनि भारतबासी नागरिककाे स्वस्थ जीवनका अगाडि उक्त क्षति ठूलाे हुन नसक्ने माेदीले उल्लेख गर्नुभयाे ।

लकडाउन याे हप्ता थप कडा बनाउने भारत सरकारकाे तयारी छ ।

भारतमा हालसम्म करिब साढे १० हजार ५ सय ४१ मा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सय ५८ जनाकाे मृत्यु भइसकेको छ ।

Facebook Comments