काेराेना सन्त्रासकै वीच काेरियामा संसदकाे चुनाव

कोरोना भाइरस संक्रमणका कारण विश्वमा नै संकट उत्पन्न भएका बेला दक्षिण कोरियामा भने संसदीय चुनाव भइरहेकाे छ ।

कोरोना भाइरसकाे संक्रमण विश्वभर फैलिएको बेला संसदीय चुनाव गर्ने दक्षिण कोरिया विश्वको पहिलो देश हो ।

शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मास्क लगाएर मतदान गर्नुभएकाे थियाे ।

मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले मतदाताको शरीरको तापक्रम लिएपछि मात्रै मतदान केन्द्रमा प्रवेशका लागि अनुमति दिने गरेका छन् ।

मतदाताले हातमा प्लास्टिक लगाएर मतपेटिकामा मतपत्र खसाल्ने ब्यवस्था मिलाइएकाे छ ।

भोट हाल्न आएकाहरुलाई सबैभन्दा पहिले ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ । यदि तापक्रम ९९.५ डिग्रीभन्दा बढी भएको पाइयो भने अलग्गै स्थानमा लगेर कोरोना टेस्ट गरिन्छ । मतदान केन्द्रलाई डिसइन्फेक्ट अर्थात किटाणुरहित बनाइन्छ र अलग्गै स्थानमा भोट खसाल्न दिइन्छ ।

बीबीसीका अनुसार कोरोना भाइरसको महामारीकै वीचमा भइरहेकाे मतदानमा मतदाताहरूकाे उल्लेख्य सहभागिता रहेकाे छ ।

काेराेना भाइरसकाे महामारी नियन्त्रणमा काेरियाले सफलता हाँसिल गरेकाे छ ।

Facebook Comments